विवाद समाजको हरेक ठाँउ र क्षेत्रमा व्याप्त रहेको छ चाहे त्यो व्यक्तिगत विवाद होस् वा समुदाय बीचको विवाद । अन्तरव्यक्तिगत विवादलाई आधारभूत तालिम पश्चात उत्पादन भएका मेलमिलापकर्ताहरुको सहजिकरणमा मेलमिलाप प्रक्रिया मार्फत समाधान गर्ने गरिन्छ । सुरुवातमा विवाद विश्लेषण गरेपछि उक्त विवादलाई सहजिकरण गरिन्छ । यी विवादहरूलाई विश्लेषण गरेर हेर्दा विविध १५ प्रकारको देखिएको छ जुन स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ (२) बमोजिम मेलमिलापका माध्यमबाटमात्र मिलाउन सकिने भनि उल्लेख गरिएको छ । जसमा पिडित परिचय पत्र, मानहानि, लेनदेन, सामान्य कुटपिट, जमिन, घरेलु हिंसा, अंशवण्डा, ज्याला/क्षतिपूर्ति, बाटो निकास, खानेपानी/कुलो, बाली, जनावर/चरिचरण, वनजंगल, अन्य र नयाँ विवाद गरी छुट्याएको छ । मेलमिलाप कार्यक्रम अन्तर्गत जम्मा १०८९० वटा अन्तर व्यक्तिगत विवादहरु समाधान भइसकेका छन् ।