प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले प्रदेश ३ कोे पाँच वटा जिल्लामा द एसिया फाउण्डेसनको आर्थिक तथा प्राबिधिक सहयोगमा विगत २ वर्ष देखि सामुदायिक मेलमिलाप कार्यक्रम मार्फत व्यतिmका अन्तरव्यक्तिगत द्वन्द्वहरुमा मलमपट्टी लगाउदै आएको साथै समाजमा विद्यमान बहुसरोकार राख्ने विवादहरुको पहिचान, अध्ययन, अनुसन्धान गरी सहजीकरण गर्दै आएको छ ।
यसैगरि २०७२ को विनासकारी भुकम्पपछि आपतकालीन सेवाहरु, आपतकालीन व्यवस्थापन र पुनर्लाभ प्रक्रियामा आउनसक्ने सवालहरु र समस्याहरुको समाधानका लागि स्थानीय सरकार सबलिकरण परियोजनाको संवाद कार्यक्रम यहिँ मे २०१८ देखि अति भुकम्प प्रभावित काभ्रे, दोलखा, सिन्धुपाल्चोक, रसुवा र नुवाकोटमा संचालन भइरहेको छ ।
यस कार्यक्रमको मूख्य उद्देश्य भनेको समावेशी, पारदर्शि र सहभागितामूलक प्रक्रिया मार्पmत दीगो शान्ति निर्माणका लागि संवादको माध्यमबाट सम्बन्ध सुदृढ पार्दै कुनै पनि सवाल या समस्यामा साझा बुझाइ निर्माणका लागि प्रयत्न गर्ने नै हो । फलस्वरुप यसले सहभागितामूलक सुशासनलाई प्रवद्र्धन गर्नेछ ।
कार्यक्रम संचालनका लागि प्रत्येक जिल्लामा एक जिल्ला स्तरिय संवाद समूह गठन गरिन्छ । जसमा स्थानीय सरकार (जि.स.स., न.पा., तथा गा.पा), नागरिक समाज संस्थाहरु (भूमि अधिकार, पत्रकार महासंघ, गैसस महासंघ, बार, महिला, उद्यमी गृहिणी सञ्जाल, हेड नेटवर्क, दलित, अपाङ्ग, उद्योग वाणिज्य संघ आदि), जिल्लास्थित सेवा प्रदायक कार्यालय (प्रशासन, जिल्ला अदालत, मालपोत, नापी, वन, खानेपानी) आदि संस्थाहरु बाट प्रतिनिधित्व रहन्छ र समय, सवाल र परिस्थिति अनुसार परिमार्जन गर्न सकिन्छ । बढिमा १५ देखि २० जना सम्मको संवाद समूह गठन गरिन्छ । यसै जिल्ला स्तरको संवाद समुहले यो सवालमा संवाद गर्ने भनि निर्णय हुन्छ र सवाल तथा समस्याहरुको घए ९नागरिक, एभयउभि र समस्या, एचयदझि र प्रक्रिया, एचयअभकक० विश्लेषण पछि प्रक्रिया अगाडि बढ्छ । निरन्तरको छुट्टाछुट्टै र संयूक्त बैठक पछि साझा धारणा बनाउनु नै यस कार्यक्रमको मूख्य उपलब्धि हो ।
संवाद समूहको छलफलले समुदायमा सजिलै समाधान हुन नसकेका विवादहरूलाई सम्बोधन गरी छलफलको माध्यमबाट निकास निकाल्न सहजता प्रदान गरिरहेको छ । नुवाकोटमा केही समयदेखि लम्बिरहेको विद्यालय र स्थानीयवासी विचको खानेपानी विवादमा संवादबाटै समाधान खोजिएको छ । काभ्रे एवम् सिन्धुपाल्चोकमा भूमिहीनहरूले राज्यबाट भूकम्पको क्षतिपूर्ति पाएका छन् । साथै तत्काल देखिएका र समाधान हुन नसकेका विषयवस्तुमा पनि संवादको माध्यमबाट समुदायमा त्यस समस्याप्रति अपनत्व जगाउने काम संवाद समूहको छलफलबाट हुने गरेको छ । संवाद÷वार्ताको माध्यमबाट जतिसुकै ठूला विवादहरू पनि सहजताका साथ समाधान निस्कन्छ भन्ने विश्वास प्रबल बन्दै गएको छ ।