EN
नेभिगेसन
सात चरणबद्ध तालिम

सातमोडुलर तालिममार्फत द्वन्द्व रुपान्तरणप्रक्रिया र शान्तिनिर्माण क्षेत्रमा योगदान पुर्याउनको लागिदक्षजनशक्तिको उत्पादनगरिन्छ । तालिममा सात चरणको तालिमको साथै स्थलगतअभ्यास पनि गराइने हुनाले यो तालिमलाई सातमोडुलर तालिमभनिन्छ । प्रत्येक चरणको तालिममानिश्चतविषयवस्तुहरुमाप्रशिक्षण गराइएपछि सोहि विषयवस्तुमाआधारित केहि महिनाको लािगतालिम सहभागिहरु स्थलगतअभ्यासको लागिजाने गर्दछन् । अभ्यासको क्रममाआइपरेका समस्यातथासिकाइहरुबाट सहभागिहरुले द्वन्द्व रुपान्तरणप्रक्रियामाकामगर्नको लागिथपक्षमताअभिवृद्धिहुनुको साथै दक्षताहासिलगर्दछन् । केहि दिनको सैद्धान्तितालिमतथा स्थलगतअभ्यासको क्रमपहिलो चरणदेखि सातौ चरणसम्मलागु हुन्छ । तालिमलाई एकोहोरो व्याख्याविधीबाटमात्रभन्दापनिमस्तिष्कमन्थन, प्रश्नउत्तर, भूमिकाअभिनय, खुलाछलफल, कथा प्रस्तुति, सामूहिकछलफल, अभ्यासको अनुभव प्रस्तुतिको माध्यमबाट सञ्चालनगरिन्छ । डिसेम्बर २०१८ को अन्त्यसम्ममातीन चरणको सातमोडुलर तालिम सफलतापूर्वक सम्पन्नभइसकेको छ । पहिलो चरणको सातमोडुलर तालिमप्रोफेसर जोन पल लेडेरकको प्रशिक्षणतथाअमितढकालको सह—प्रशिक्षणमा सन् २००८ देखि २०१० सम्ममाजम्मा ३४ जना सहभागिहरुको उपस्थितिमाआयोजनागरिएको थियो । उपस्थित सहभागिहरु मध्येबाट ३० जना सहभागिहरुले मात्र सफलतापूर्वक सातै मोडुलको तालिम पूरा गरेकाथिए । त्यसैगरी दोस्रो चरणको सातमोडुलर तालिमलाई पहिलो चरणको सातमोडुलर तालिमपश्चातउत्पादनभएकादक्षजनशक्तिहरुले सहजिकरणगर्नुभएको थियो । उक्ततालिम सन् २०११ देखि २०१३ सम्ममादुई क्षेत्रमाआयोजनागरिएको थियो जसमाजम्मा ६१ जना सहभागिहरुको उपस्थिति रहेको थियो जसमध्ये ५२ जना सहभागिहरुले मात्र सफलतापूर्वक सातै मोडुलको तालिम पूरा गरेकाथिए । त्यसै अनुरुप तेस्रो चरणको सातमोडुलर तालिमलाई पनि सातमोडुलर तालिमपश्चातउत्पादनभएकादक्षजनशक्तिहरुले सहजिकरणगर्नुभएको थियो । उक्ततालिम सन् २०१६ देखि २०१८ सम्ममाजम्मा २९ जना सहभागिहरुको उपस्थितिमाआयोजनागरिएको थियो र सम्पूर्ण सहभागिहरुले नै सफलतापूर्वक सातै मोडुलको तालिम पूरा गरेकाथिए ।