जोन पल लेडेरक द्वन्द्व रुपान्तरण र शान्ति निर्माणको क्षेत्रमा चार दशक देखि कार्य गर्दै आउनु भएको लेखक तथा प्राफेसर हुनुहुन्छ। जोन पलले अहिले सम्म २२ वटा किताबहरु लेखिसक्नुभएको छ। उहाँले पाँचवटा महाद्विपहरुमा तालिमको डिजाइन र संचालन गर्नको लागि सहयोग गर्नुभएको छ।
जोन पलको द्वन्द्व समाधानको सिद्धान्तहरुले विभिन्न क्षेत्रहरु जस्तै राजनितिक विज्ञान, शान्ति निर्माण, अन्तराष्ट्रिय सम्बन्ध र द्वन्द्व रुपान्तरण लगायत अन्य ठाँउहरुमा पनि प्रवाह पार्न सफल भएको छ। अन्तराष्ट्रिय स्तरमा जोनपलले सोमालिया, उत्तरी आयरल्यान्ड, निकारागुवा र नेपालमा शान्ति निर्माणको क्षेत्रमा धेरै योगदान पुर्याउनु भएको छ। नेपालको सन्दर्भमा भन्नुपर्दा नेता तथा सांसद, श्री दुमन थापाले नेपालमा भइरहेको द्वन्द्वलाई समाधान गर्नको लागि क्यालिफोर्निया, अमेरिकामा अवस्थित द म्याकनल फाउन्डेसनलाई अनुरोध गर्नुभएको थियो। त्यसपछि द म्याकनल फाउन्डेसनका प्रतिनिधीले जोनपललाई अनुरोध गर्नुभयो र जोनपलले कार्यक्रमको लागि आवश्यक पर्ने सैद्धान्तिक तथा प्राविधिक सहयोग प्रदान गर्नको लागि स्वीकार गर्नुभयो।
जोन पल लेडेरकले जापान स्थित Niwano Peace Foundation मार्फत प्रदान गरिने ३६ औं Niwano Peace Price बाट पनि सम्मानित हुनुभएको छ। उक्त फाउन्डेशनले वार्षिक रुपमा विश्व शान्तिको क्षेत्रमा कार्य गर्दै आउनुभएका व्यक्तित्वहरुलाई सम्मानित गर्दै आइरहेको छ। यसै क्रममा जोन पलले विश्व व्यापि रुपमा शान्ति निर्माणको क्षेत्रमा पुर्याउनु भएको अतुलनिय योगदानलाई मध्यनजर गर्दै सो सम्मान प्राप्त गरिएको थियो।
https://emu.edu/now/news/2019/cjp-co-founder-and-first-director-john-paul-lederach-awarded-niwano-foundation-peace-prize/?fbclid=IwAR0sD-jroHtbrbTB2df-5rqRo1JZfOLZxsa_MXddFawwZ4BKTN1rd-1LMRU#.XGzkkNLyluA.facebook