प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले २०८२ भदौ १७ देखि १९ गतेसम्म भक्तपुरको बोेडेमा तीन दिने केन्द्रिय स्तरिय अनुभव आदान प्रदान गोष्ठीको आयोजना गरेको थियो । यो गोष्ठीले ५७ जना सहभागीहरू, जसमा कार्यसमिति पदाधिकारीहरु, केन्द्रीय टिम तथा देशभरका शान्ति निर्माण अभियन्ताहरुलाई एकजुट गरी सहकार्य सुदृढ गर्न र शान्ति निर्माणका पहलहरूलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको थियो । गोष्ठीको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापामगर ज्यूले पानसमा बत्ती बालेर गर्नुभयो । उद्घाटन सत्रमा मन्त्री थापा मगरले आफ्नो मन्त्रालयले NRCTC-Nepal सँग सहकार्य गर्न प्रतिबद्ध ररहेको भनाइ व्यक्त गर्नुभएको थियो । उहाँले स्वास्थ्यकर्मीहरूको मानसिक स्वास्थ्य सुदृढ गर्न मेलमिलाप तालिमको महत्वमाथि जोड दिनुभयो । “यस्ता कार्यक्रमहरू स्वास्थ्यकर्मीहरूको मानसिक स्वास्थ्य बलियो बनाउन अत्यन्त महत्वपूर्ण छन्,” उहाँले भन्नुभयो । उहाँले बागमती प्रदेशमा स्वास्थ्य क्षेत्रमा भइरहेका सुधारहरूबारे जानकारी दिँदै NRCTC-Nepalको प्रभावकारी र प्रेरणादायी पहलहरूको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयोे, “केन्द्रको दृष्टिकोण र कार्यशैलीले सामाजिक सकारात्मक परिवर्तनमा उल्लेखनीय योगदान पु¥याएको छ ।”

गोष्ठीले सहभागीहरूका लागि निम्न विषयहरूमा प्रस्तुतीकरण प्रदान ग¥यो । ः
- शान्ति निर्माण अयिभयानको प्रगति समीक्षा र क्षेत्रीय अपडेटहरू आदानप्रदान ।
- केस पुनरावलोकन प्रक्रियामा समीक्षा तथा छलफल र संशोधित पहाड चढ्ने बाटो चित्रमा प्रतिक्रिया तथा आवश्यक पृष्ठपोषण प्राप्त ।
- नयाँ AI उपकरणहरू र संगठनात्मक नीतिहरूको अन्वेषण ।
- फोटोग्राफी, भिडियोग्राफी र प्रभावकारी सफलता कथाहरू सिर्जना गर्ने उत्कृष्ट अभ्यासहरू आदानप्रदान ।
स्थानीय सरकारहरूसँग साझेदारी सुदृढ गरी कोष सङ्कलन रणनीतिहरूलाई बलियो बनाउनु गोष्ठीको मुख्य केन्द्रबिन्दु थियो । कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता र फुटसल प्रतियोगिता जस्ता रोचक टोली–निर्माण गतिविधिहरू पनि समावेश थिए, जसले सहभागीहरूबीच एकता र उत्साह बढाएको थियो ।
COFSUN Nepal का संस्थापक अध्यक्ष श्री भोला खतिवडाले वनसम्बन्धी चुनौतीहरू र तिनलाई सम्बोधन गर्न प्रभावकारी नीतिहरूको आवश्यकताबारे विचार व्यक्त गर्नुभयो । कार्यकारी निर्देशक श्री चुपबहादुर थापा र श्री अमित ढकालले दिगोपन, रणनीतिक साझेदारी र शान्ति तथा समृद्धिप्रति साझा बुझाइको महत्वमाथि जोड दिनुभयो ।
गोष्ठीको समापन समारोहमा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत केसीले सम्बोधन गर्नुभयो । मन्त्री केसीले वन क्षेत्रका द्वन्द्वहरू समाधान गर्न NRCTC-Nepal सँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । “सरकार वन र वातावरण क्षेत्रमा सुधार गर्न प्रतिबद्ध छ, र यसका लागि ल्च्ऋNRCTC-Nepalको विशेषज्ञता महत्वपूर्ण छ,” उहाँले भन्नुभयो । उहाँले सरोकारवालाहरूको सहकार्य र सामुदायिक सहभागिताले दिगो प्राकृतिक स्रोत व्यवस्थापनमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
यो गोष्ठीले NRCTC-Nepalको सहकार्य र प्रभावकारी शान्ति निर्माण पहलहरूप्रतिको समर्पणलाई सुदृढ गर्नुका साथै भविष्यका लक्ष्य प्राप्तीका लागि बलियो आधार तयार गरेको छ ।
