सार्वजनिक सचेतना अभियान स्थानिय स्तरमा जनताहरुलाई मेलमिलाप बारेमा जानकारी प्रदान गर्ने उद्देश्यका साथ सञ्चालन गर्ने गरिन्छ । यसै क्रममा विभिन्न वार्डहरुमा छोटो समयमा मेलमिलाप सम्बन्धि ज्ञान तथा जानकारी प्रदान गर्नको लािग सडक नाटकको सञ्चालन गरिएको थियो । सडक नाटक राष्ट्रिय स्तरको नाटक टिम, आवाज क्रियसनको समन्वयमा आयोजना गरिएको थियो ।
यस प्रकारको नाटकले जनताहरुमा सचेतना जगाउँन र सकारात्मक परिवर्तन ल्याउनको लागि उल्लेखनिय योगदान पुर्याउँदछ । समुदाय स्तरमा सडक नाटकको माध्यमबाट मेलमिलाप तथा मेलमिलाप केन्द्रको बारेमा जानकारी प्रदान गरिएको थियो । साथै विभिन्न सञ्चार माध्यमबाट प्रसारण गरिएको सडक नाटक सम्बन्धि समाचारले पनि ठूलो समुदायमा मेलमिलाप प्रक्रियाको बारेमा जानकारी भएको थियो । सडक नाटकको माध्यमबाट कार्यक्रम सञ्चालित जिल्लाहरुमा जम्मा ४४३९० जनताहरु लाभान्वित भएका थिए ।