मेलमिलाप परिषद्बाट स्वीकृत पाठ्यक्रममा रही प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपालको आयोजनामा मेलमिलापसम्बन्धी आठ दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम (ToT on Mediation) मिति २०८२ फागुन २ गतेदेखि फागुन ९ गतेसम्म संचालन हुन गइरहेको छ । यस तालिममा सहभागिताका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले मिति २०८२ माघ २० गतेभित्र संस्थाको इमेल ठेगाना nrctc.nepal@gmail.com मा वा सस्थाको केन्द्रीय कार्यालयमा वा गुगल फाराम https://forms.gle/TdERUCT1HY2kWhHt6 भरी आवश्यक कागजात सहित निवेदन दिन हुन अनुरोध गरिन्छ ।
योग्यता:
१) कुनैपनि विषयमा स्नातक तह उत्तिर्ण भएको ।
२) मेलमिलापसम्बन्धी आधारभूत तालिम लिएको ६ महिना पुरा भएको ।
३) मेलमिलापको क्षेत्रमा अभिरुचि, क्रियाशिलता र प्रतिवद्धता रहेको ।
तालिमको प्रशिक्षक: प्रमुख प्रशिक्षमा यस संस्थाका कार्यकारी निर्देशक तथा मेलमिलाप परिषद् सदस्य श्री चुप बहादुर थापा ।
तालिम शुल्क: प्रतिव्यक्ति रु २१,५००।– (अक्षरेपि रु एक्काइस हजार पाँचसय मात्र) । यस शुल्कमा सहभागिको आठ दिनको खाजा, टी कुकीज, तालिम सामाग्री र प्रशिक्षक शुल्क समावेश गरिएको छ ।
तालिम सञ्चालन हुने मिति र स्थानः २०८२ फागुन २ देखी ९ गते सम्म, काठमाडौ उपत्यका भित्र ।
आवेदन मितिः २०८२ माघ ७ गते देखी माघ २० गते सम्म ।
सम्पर्क व्यक्तिः कानुनी सल्लाहकार अधिवक्ता श्री सुशिला सिम्खडा (९८४१६४१९२०)
संस्थाको सम्पर्क टेलिफोनः ०१६६३८३७१
(नोटः तालिममा जम्मा २४ जना सहभागीहरूलाई मात्रै समावेश गरिने भएकाले पहिलो आवेदन दिने व्यक्तिलाई प्राथमिकतामा राखिनेछ । छनौटमा परेका आवेदकहरूलाई मात्र तालिम शुल्क जम्मा गर्न तथा तालिमका लागि सम्पर्क गरिनेछ ।)