जोन पल लेडेरक द्वन्द्व रुपान्तरण र शान्ति निर्माणको क्षेत्रमा चार दशक देखि कार्य गर्दै आउनु भएको लेखक तथा प्राफेसर हुनुहुन्छ । उहाँ अहिले ज्गmबलष्तथ ग्लष्तभम मा क्भलष्यच ँभिियध तथा प्चयअ क्ष्लकतष्तगतभ, ग्लष्खभचकष्तथ या ल्यतचभ म्बmभ मा अन्तराष्ट्रिय शान्ति निर्माणका प्रोफेसर हुनुहुन्छ । जोन पलले अहिले सम्म २२ वटा किताबहरु लेखिसक्नुभएको छ । उहाँले पाँचवटा महाद्विपहरुमा तालिमको डिजाइन र संचालन गर्नको लागि सहयोग गर्नुभएको छ ।
जोन पलको द्वन्द्व समाधानको सिद्धान्तहरुले विभिन्न क्षेत्रहरु जस्तै राजनितिक विज्ञान, शान्ति निर्माण, अन्तराष्ट्रिय सम्बन्ध र द्वन्द्व रुपान्तरण लगायत अन्य ठाँउहरुमा पनि प्रवाह पार्न सफल भएको छ । अन्तराष्ट्रिय स्तरमा जोनपलले सोमालिया, उत्तरी आयरल्यान्ड, निकारागुवा र नेपालमा शान्ति निर्माणको क्षेत्रमा धेरै योगदान पुर्याउनु भएको छ । नेपालको सन्दर्भमा भन्नुपर्दा नेता तथा सांसद, श्री दुमन थापाले नेपालमा भइरहेको द्वन्द्वलाई समाधान गर्नको लागि क्यालिफोर्निया, अमेरिकामा अवस्थित द म्याकनल फाउन्डेसनलाई अनुरोध गर्नुभएको थियो । त्यसपछि द म्याकनल फाउन्डेसनका प्रतिनिधीले जोनपललाई अनुरोध गर्नुभयो र जोनपलले कार्यक्रमको लागि आवश्यक पर्ने सैद्धान्तिक तथा प्राविधिक सहयोग प्रदान गर्नको लागि स्वीकार गर्नुभयो ।
जोन पल लेडेरकले जापान स्थित Niwano Peace Foundation मार्फत प्रदान गरिने ३६ औं Niwano Peace Price बाट पनि सम्मानित हुनुभएको छ । उक्त फाउन्डेशनले वार्षिक रुपमा विश्व शान्तिको क्षेत्रमा कार्य गर्दै आउनुभएका व्यक्तित्वहरुलाई सम्मानित गर्दै आइरहेको छ । यसै क्रममा जोन पलले विश्व व्यापि रुपमा शान्ति निर्माणको क्षेत्रमा पुर्याउनु भएको अतुलनिय योगदानलाई मध्यनजर गर्दै सो सम्मान प्राप्त गरिएको थियो ।
https://emu.edu/now/news/2019/cjp-co-founder-and-first-director-john-paul-lederach-awarded-niwano-foundation-peace-prize/?fbclid=IwAR0sD-jroHtbrbTB2df-5rqRo1JZfOLZxsa_MXddFawwZ4BKTN1rd-1LMRU#.XGzkkNLyluA.facebook