प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले संस्थामा आवद्ध सम्पूर्ण शान्ति अभियन्ताहरुलाई लक्षित गर्दै वन ऐन, भूमि ऐन, जल श्रोत ऐन तथा नेपाल सरकारद्वारा प्रावधान गरिएका निती नियमहरुको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यका साथ नियमित रुपमा अनलाइन क्षमता विकास कार्यक्रम संचालन गर्न गइरहेको छ । यसै सन्दर्भमा मिति २०७६ असार २ गते वन ऐन २०७६ मा भएका मुख्य प्रावधानहरुको बारेमा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष, श्री भारती पाठक ज्यूबाट प्रस्तुतिकरण भएको थियो ।