प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजनामा तीन दिवशिय केन्द्रिय स्तरिय अनुभव आदान प्रदान गोष्ठि मिति २०७८ साल चैत १३ देखि १५ गते सम्म भक्तपुर जिल्लाको बोडे स्थित तालिम केन्द्रमा सम्पन्न भएको छ । उक्त गोष्ठिमा संस्थाको कार्यकारी समितिका सदस्यहरु लगायत केन्द्रिय, क्षत्रिय तथा जिल्ला स्तरिय शान्ति अभियन्ताहरुको सहभागिता रहेको थियो । गोष्ठिको उद्देश्य अनुरुप प्रक्रियागत रुपमा कार्य गर्ने क्रममा प्राप्त भएका उपलब्धिहरु तथा आइपरेका चुनौतिहरुको बारेमा जिल्लागत रुपमा प्रस्तुतिकरण भएको थियो । त्यसैगरी श्री अमित ढकाल ज्यूले प्रक्रियागत रुपमा आएका चुनौतिहरुलाई सम्बोधन गर्न आवश्यक सीपका साथै संस्थाले आत्मसाथ गरेको शान्ति अभियानको दिगोपनाका लागि श्रोत उत्पादन विषयमा मार्गदर्शन गर्नुभएको थियो । संस्थागत रुपमा आत्मनिर्भर भएर कार्य गर्नको लागि स्थानिय निकायहरु तथा सम्बन्धित सरोकारवालाहरुलाई द्वन्द्व रुपान्तरण प्रक्रियाको अवधारणाको बारेमा जानकारी प्रदान गर्दै उहाँहरुसँगको सम्पर्क समन्वयमा ध्यान दिनुपर्ने कुरामा विशेष जोड दिनुभएको थियो ।