प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले संस्थामा आबद्ध शान्ति अभियन्ताहरुको क्षमता विकासको लागि विभिन्न क्षेत्रका विज्ञहरुको सहजिकरणमा अनलाइन अभिमुखिकरण कार्यक्रमको सञ्चालन गर्दै आइरहेको छ । यसै क्रममा मिति २०७७ साल असार ५ गते सामुदायिक वन उपभोक्ता महासंघ नेपालका सचिव श्री ठाकुर भण्डारी ज्यूले वातावरण संरक्षण ऐन र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । त्यस्तै मिति २०७७ साल असार ७ गते पारिवारिक निजि वन संघ नेपालका अध्यक्ष श्री जोगराज गिरी ज्यूले नेपालमा कृषि वन तथा पारिवारिक वनको अवस्था र कानुनी प्रावधान लगायतका विषयहरुमा अभिमुखिकरण गराउनु भएको थियो । साथै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय महासचिव श्री विर्ख बहादुर शाहि ज्यूले मिति २०७७ साल असार ८ गते जलबायु परिवर्तन विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।