प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल र महिला शक्ति विकास केन्द्र नेपालको संयुक्त आयोजनामा तीन दिने तनाव व्यवस्थापन विषयक क्षमता विकास तालिम सफलतापूर्वक संम्पन्न गरियो । कार्यक्रमलाई जुम मार्फत मिति २०७७ साल मंसिर ८ देखि १० गतेसम्म संचालन गरिएको थियो । दुवै संस्थाबाट गरी जम्मा ९४ जना सहभागीहरुको उपस्थिति रहेको कार्यक्रमलाई विज्ञ श्री रुपेन्द्र महर्जन ज्यूले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रमको सुरुवातमा महिला शक्ति विकास केन्द्र नेपालका कार्यकारी निर्देशक श्री कविता गुरुङ ज्यूले सम्पूर्ण सहभागिहरुलाई स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमलाई तनाव व्यवस्थापन अन्तर्गतका सम्पूर्ण विषयवस्तुहरु समावेश गरी सहभागितामूलक ढङ्गबाट सञ्चालन गरिएको थियो । सहभागिहरुबाट कार्यक्रमको बारेमा आएका जिज्ञासाहरुलाई सम्बोधन गरी थप प्रभावकारीताको लागि पृष्ठपोषणहरु संकलन गरिएको थियो । त्यस पश्चात कार्यक्रमको अन्त्यमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक श्री चुप बहादुर थापा ज्यूले सम्पूर्ण सहभागिहरुको सक्रिय सहभागिताको लागि धन्यवाद दिदै कार्यक्रमबाट भएका सिकाइहरुलाई आफ्नो कार्यक्षेत्र तथा निजी जिवनमा पनि पालना गर्नुहुनेछ भन्ने अपेक्षा सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।