मेलमिलाप केन्द्रलाई एउटा अस्पतालको रुपमा लिन सकिन्छ जहाँ विवादित पक्षहरुको फाँटेको मनहरुलाई विवाद समाधान मार्फत जोड्ने गरिन्छ । मेलमिलाप केन्द्रलाई प्रत्येक वार्डमा वडा अध्यक्ष, सदस्यहरु र न्यायिक समितिको उपस्थितिमा स्थापना गर्ने गरिन्छ । समुदाय स्तरमा भएका विवादहरुको समाधान गरेर मेलमिलाप केन्द्रले अदालतमा दर्ता हुने विवादको संख्या न्यून गर्नको लािग टेवा पुर्याएको छ । साथसाथै विवादित पक्षहरु बीच हुने अहमता तथा नराम्रा विचारहरु समाप्त भएर सुमधुर सम्बन्धको स्थापना भएको छ । यी सबै कुराहरु अन्य कुनै परम्परागत विवाद समाधान विधी, प्रहरी चौकी तथा अदालतबाट सम्भव थिएन । त्यसैले मेलमिलाप केन्द्र मार्फत समाधान भएका विवादहरु सहज पहुँच तथा निम्न लागतमा समाधान हुने गर्दछ । अहिले सम्म कार्यक्रम सञ्चालन भएको जिल्लाहरुमा ४५२ वटा मेलमिलाप केन्द्रहरुको स्थापना भइसकेको छ ।