आपसी मतभेद र अविश्वास रहेसम्म कुनैपनि घर परिवार, समाज, संघ संस्था र राष्ट्र समृद्ध र समुन्नत हुन सक्दैन भन्ने स्पष्ट बुझाइका साथ स्थापना भएको यस संस्थाको विधानमा उल्लेख भए अनुसारका मुख्य उद्देश्यहरु निम्नानुसार रहेका छन –
(क) यो संस्था मुनाफा रहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
(ख) मेलमिलाप सम्वन्धी आधारभूत तथा विशिष्ट तालिम संचालनको माध्यमबाट मेलमिलापकर्ताहरुको उत्पादन र परिचालन गरी स्थानीय समुदायमा देखिएका विवादहरुमा मेलमिलाप गराई शान्ति निर्माणमा टेवा पुरयाउने ।
(ग) नेपाली समुदायमा रहेका प्राकृतिक श्रोतमा आधारित द्वन्द्वहरुको अध्ययन, अनुसन्धान र अभिलेखिकरण गर्ने ।
(घ) दक्ष जनशक्तिको उत्पादन र परिचालन गरी प्राकृतिक श्रोतमा आधारित द्वन्द्वहरुमा सहजिकरण गर्दै रुपान्तरण कार्यमा सहयोग पुर्याउने ।
(ङ) प्राकृतिक श्रोतहरुको अवस्था र त्यसले आम समुदायको जीवन यापनमा पुर्याउन सक्ने योगदानको बारेमा अध्ययन, अनुसन्धान गर्ने ।
(च) प्राकृतिक स्रोतको एकिकृत व्यवस्थापन र उद्यम विकासको माध्यमबाट रोजगारीका अवसरहरुको सृजना गराई सहज जीवन यापनमा टेवा पुर्याउने ।
(छ) विश्वव्यापी रुपमा भै रहेको जलवायू परिवर्तनको प्रभावको अध्ययन गरी यसले ल्याएका असर न्यूनिकरण गर्न काम गर्र्ने ।
(ज) काम गर्ने शिलसिलामा प्राप्त अनुभव, अनुसन्धानमूलक र विश्लेषणात्मक प्रतिवेदन एवं लेख रचना प्रकाशन गर्ने ।